स्पट फिक्सिङको आरोपित क्रिकेटरआदील र महबुब धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश — OSNepal

स्पट फिक्सिङको आरोपित क्रिकेटरआदील र महबुब धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

LC (KTM) February 22, 2023 0

राष्ट्रिय टोलीका सदस्य आदील आलम र पूर्व खेलाडी महबुब आलम र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश राजेन्द्र कुमार श्रेष्ठको इजलासले बुधबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुनेछन् । सरकारी वकिल कार्यालय काठमाडौंले आदील र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले आदील र महबुबसहित विरगंजका नितेश, काठमाडौंका नविन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानको आधारमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।सीआईबीले उनीहरुमध्ये आदील, महबुब र नितेशलाई पक्राउ गरेको थियो । नविन र रवि भने फरार प्रतिवादीको सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर