अर्को वर्ष ‘कबड्डी ५’ बन्ने तर उपेन्द्र सुब्बाले अभिनय नर्गने — OSNepal

अर्को वर्ष ‘कबड्डी ५’ बन्ने तर उपेन्द्र सुब्बाले अभिनय नर्गने

LC (KTM) February 24, 2023 0

काठमाडौं -अर्को वर्ष ‘कबड्डी ५’ बन्ने भएको छ । फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् । सञ्जय गुप्ताको पोडकास्टमा उनले स्क्रिप्ट लेखनको काम सुरु नभए पनि चाँडै काम सुरु गर्ने तयारी भैरहेको बताएका छन् ।

धेरैले कबड्डी ४ लाई अन्तिम भनेका थिए तर अब ‘कबड्डी ५’पनि बन्ने भएको छ । कबड्डी’मा झाँक्रीको भूमिका समेत निर्वाह गरेका उपेन्द्रले भनेका छन्, ‘अर्को वर्ष ‘कबड्डी ५’ बन्छ नै । तर फिल्ममा उपेन्द्ले भने अभिनय नर्गने बताइएको छ ।

अब अर्को कथा सुरु हुन्छ । ‘कबड्डी ५’मा काजी, छन्तेल र विके छुट्दैनन् । बाँकी पात्र चाहिँ सबै छुट्ने बताइएको छ । उनले ‘कबड्डी’को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा सघाउँदै आएका छन् । उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर