फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा — OSNepal

फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिर पुनःनिर्माणका लागि क्षमा पूजा

LC (KTM) March 01, 2023 0

कास्की- कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ । भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर व्यवस्थापन समिति मन्दिरको पुनःनिर्माणमा जुटेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो । यही फागुन १७ गतेदेखि मन्दिरमा स्थापित प्रतिमूर्तिमा भक्तजनले पूर्जा अर्चना गर्ने र नित्य पूजा मन्दिरका पुजारीले देवीको म्ूर्तिमा गर्ने उहाँले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि करिब रु एक करोड ४५ लाख लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष जुना अधिकारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट रु २५ लाख सहयोगको आश्वासन आएको उहाँ बताउनुहुन्छ । प्रदेश, स्थानीय सरकारसहित भक्तजनको सहयोगमा कलात्मक ढाँचामा मन्दिर निर्माण गर्ने योजना छ । फागुन अन्तिम हप्ता वडा भेला गर्ने र चैत पहिलो हप्तादेखि मन्दिर पुनःनिर्माण थालिने समितिले जनाएको छ । मन्दिर पोखराको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर