यूएईलाई नेपालले दियो १९२ रनको लक्ष्य — OSNepal

यूएईलाई नेपालले दियो १९२ रनको लक्ष्य

LC (KTM) March 02, 2023 0

काठमाडौं – नेपालले यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भयो ।

यस खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ ।आजमानमा रहेकाे इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयाे ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए । नेपाल केहीबेरमा बलिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर