सालीलाई रङ दलेको विषयमा दुई समूहबीच झडप हुँदा केही युवा घाइते — OSNepal

सालीलाई रङ दलेको विषयमा दुई समूहबीच झडप हुँदा केही युवा घाइते

LC (KTM) March 08, 2023 0

सप्तरी -सप्तरीमा सालीलाई रङ दलेको विषयमा दुई समूहबीच झडप भएको छ । झडपमा परी केही युवा घाइते भएको बताइएको छ । सप्तरीको महादेवा गाउँपालिका–४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि साली पक्षका युवाले सरदारलाई कुटपिट गरेका थिए ।

त्यसपछि योगेन्द्र सरदार पक्षका युवा जम्मा भएर परसाही टोलका युवासँग झडप गरेका थिए । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई समूहको झडपमा घाइते भएकाहरूको स्थानीय मेडिकल उपचार भइरहेको र फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर