उड्नै लागेको नेपाल एयरलायन्सको जहाज भित्र यी यात्रु रुन थालेपछि... — OSNepal

उड्नै लागेको नेपाल एयरलायन्सको जहाज भित्र यी यात्रु रुन थालेपछि…

LC (KTM) March 11, 2023 0

काठमाडौँ । उड्नै लागेको नेपाल एयरलायन्सको जहाज भित्रकी यी यात्रु रुन थालेपछि हंगामा नै हुन पुगेको छ ।

त्रिभुवन अज्तराष्ट्रिय विमानस्थलबाट भारतको बैंग्लुरुका लागि उड्ने तयारीमा रहेको नेपाल वायु सेवा निगमको जहाजमा रहेकी एक महिला यात्रु जहाज उड्नुअघि रुवावासी गरेपछि जहाज एक घण्टा डिले हुन पुगेको छ ।

आरए २२५ उडानमा रहेकी ती यात्रु रोएपछि शनिबार दिउँसो २ बजे उड्नुपर्ने उक्त विमान एक घण्टा ढिला गरेर ति यात्रुलाई झरालेर मात्रै विमान उडाइएको त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयले जनाएको छ ।

ति महिलालालाई भने उडान रद्द गरी जहाजबाट झारेर ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ । उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको भन्दै तनावमा आएर त्यस्तो गरेको बताएकी छिन् ।

उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज चेकजाँदा गर्ने गरिन्छ ।

महिला रुन थालेपछि जहाजमा शंकास्पद वस्तु रहेको आशंकामा सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिए पनि विमानभित्र केही त्यस्तो शंकास्पद बस्तु फेला परेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर