स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुरोध — OSNepal

स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुरोध

LC (KTM) March 11, 2023 0

काठमाडौँ-विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन् । उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ ।

आसन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ । ती सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार सबै सङ्गठनको मातहतका कमिटीहरुले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर