रक्सी खाएर स्थानीयलाई दु:ख दिने प्रहरी जवान निलम्बित — OSNepal

रक्सी खाएर स्थानीयलाई दु:ख दिने प्रहरी जवान निलम्बित

LC (KTM) March 12, 2023 0

जनकपुरधाम । भनिन्छ प्रहरी गाउँ , समाज र शहरको पहरेदार हो । प्रहरीले जस्तै विपतमा पनि साथ दिन्छ । गाह्रो साह्रो पर्दा प्रहरीलाई गुहारे सहयोग पाइन्छ । तर कहिलेकाहीँ प्रहरीले नै हंगामा गरेका खबरहरु मिडियामा आइरहेका हुन्छन् । स्थानीयलाई सहयोग गर्नुपर्ने प्रहरी नै रक्सीले मातेर सडकमा सर्वसाधारणलाई दुख दिन थालेपछि हालत के होला ?

यस्तै दृश्य देखिएको छ सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि बर्दी फुकालेर सवारी चेक गर्दै गरेका एक प्रहरीको । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार रायले ताण्डव नै देखाएपछि उनी निलम्बनमा परेका छन् ।

शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेपछि उनले आफ्नो नाम भन्दै जे सक्छस् गर भन्दै स्थानीयलाई चेतावनी दिएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो पनि अहिले यत्रतत्र भाइरल बनिरेहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर