सुनसरीमा सफारीको ठक्करबाट पुण्यमायाको मृत्यु,चालक प्रहरी नियन्त्रणमा — OSNepal

सुनसरीमा सफारीको ठक्करबाट पुण्यमायाको मृत्यु,चालक प्रहरी नियन्त्रणमा

LC (KTM) March 12, 2023 0

सुनसरी, २८ फागुन-आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । 

सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर