चैत १२ बाट आईजीपीको कुर्सीमा को ? — OSNepal

चैत १२ बाट आईजीपीको कुर्सीमा को ?

LC (KTM) March 17, 2023 0

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० धिरजप्रताप सिंहको अवकाश मिति अब धेरै टाढा छैन । अहिलेकै अवस्थामा उनी महानिरीक्षकको हैसियतमा प्रहरी प्रधान कार्यालयमा छिर्ने अन्तिम मिति ११ चैत हो । तर, अवकाशको मिति छोटिँदै जाँदा पनि उनले हरेस खाइसकेका छैनन् । ११ चैतपछि पनि आफूले नै नेतृत्व गर्न पाउनेमा उनी ढुक्क प्रायः छन् ।

नेपाल प्रहरीमा आईजीपीको अवकाश तीन कारणले हुन्छ । ३० वर्षे सेवाअवधि, आईजीपीको चारवर्षे कार्यअवधि र ५८ वर्षे सेवाअवधि । योमध्ये पहिला जुन आउँछ, त्यही व्यवस्थाअनुसार आईजीपी अनिवार्य अवकाशमा जान्छन् ।

प्रहरी महानिरीक्षक सिंह भने ३० वर्षे सेवाअवधिका कारण ११ चैतमा अनिवार्य अवकाशमा जान लागेका हुन् । उनी गत १८ वैशाखमा मात्रै प्रहरी महानिरीक्षक बनेका थिए । राजधानी दैनिकमा प्रकाशित छ ।

त्यसो त, नेपाल प्रहरीका अधिकांश आईजीपी ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । त्यसैले हरेक आईजीपीले अनिवार्य अवकाशको अन्तिम समयसम्म पनि ३० वर्षे सेवाअवधि हटाएर कार्यकाल लम्ब्याउन कुनै कसरत बाँकी राखेका छैनन् । सफल असफल अर्कै विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर