९ करोड बढी भ्युज पायो पल र मलिका फिचर्ड ‘फूलबुट्टे सारीले — OSNepal

९ करोड बढी भ्युज पायो पल र मलिका फिचर्ड ‘फूलबुट्टे सारीले

LC (KTM) March 23, 2023 0

काठमाडौं – नायक पल शाह र नायिका मलिक महत फिचर्ड म्युजिक भिडियो ‘फूलबुट्टे सारी’को फिमेल भर्सनले ९ करोड बढी भ्युज पाउन सफल भएको छ ।

गीत रिलिज भएको करिब २ वर्षको अवधिमा मात्रै ६ लाख बढी लाइक र २४ हजार बढी सकारात्मक कमेन्ट पनि गीतले पाएको छ। मिलन नेवारको स्वर र राजनराज शिवाकोटीको शब्द अनि संगीत रहेको ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई अत्यन्तै रुचाइएको हो ।

हालसम्मकै निकै रुचाएको भिडियोमा यो पनि पर्ने गर्छ। यसै भिडियो मार्फत पल र मलिकाको जोडी दर्शकले अत्याधिक रुचाउँदै आएका हुन् ।भिडियोलाई राजेश पुवा राईले निर्देशन गरेका हुन्।

कालिन्चोकका विभिन्न स्थानको आकर्षक दृश्यलाई कैद गरि उत्सव दाहालले भिडियो खिचेका हुन् ।भने, विकाश दाहालले सम्पादन गरेका छन् ।केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई बजारमा ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर