'जारी' को पहिलो गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोक, हेर्नुहोस भिडियो — OSNepal

‘जारी’ को पहिलो गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोक, हेर्नुहोस भिडियो

LC (KTM) March 26, 2023 0

काठमाडौं -फिल्म ‘जारी’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र मिरुना मगर को अभिनय रहेको छ ।

‘चरी बस्यो बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर, शब्द तथा संगीत रहेको गीतमा दयाहाङ र मिरुनाबीचको प्रेमिल नोकझोकलाई देखाइएको छ।

फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्ममा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरूषले गर्नु परेको संघर्षलाई देखाइनेछ।

फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर