राष्ट्रियसभामा प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन पेश — OSNepal

राष्ट्रियसभामा प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन पेश

LC (KTM) July 12, 2021 0

काठमाडौँ, २८ असार – राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर