ओएसआरमा अनुबन्धित भएपछि गायक आशिष सचिनले ल्याए ठिटो झापाको — OSNepal

ओएसआरमा अनुबन्धित भएपछि गायक आशिष सचिनले ल्याए ठिटो झापाको

LC (KTM) March 28, 2023 0

काठमाडौँ । लोकप्रिय गायक आशिष सचिनको नयाँ गीत ठिटो झापाको भिडियो रिलिज गरिएको छ । सँधै झै आफ्ना सृजनाहरुमा नयाँ पना दिँदै आएका गायक आशिषले यस पटक पनि आफ्नो भिन्न शैलीलाई ठिटो झापाको मार्फत दिएका छन् ।

जसमा गायक आशिषसँगै पछिल्लो समय लोकप्रियता हाँशिल गर्दै गएकी समुधुर स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । पर्यटकी नगरी इलाम र झापामा ३ दिन लगाएर छायांकन गरिएको सार्वजनिक गीतमा गायक आशिषसँगै मोडल शनिशा भटईको अभिनय देख्न सकिन्छ ।

शनिशा पछिल्ला दिनमा धेरै माग भएकी मोडल हुन् । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि सबथोक भएको र उ आफ्ना लागि माया भन्दा पनि बानी परीसकेका कारण छाड्न नसक्ने भन्दै गरेको बिद्रोहलाई भिडियोमा देखाइएको छ ।

सन्तोष सुनुवारको शब्द तथा संगीत रहेको ठिटो झापाकोमा एनमोक्सको एरेन्ज रहेको छ । अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडिया ओएसआर डिजिटलले बजारमा ल्याएको हो । भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर