स्वप्न सुमनको गीतलाई १० दिनमा ६० लाख बढीले हेरे — OSNepal

स्वप्न सुमनको गीतलाई १० दिनमा ६० लाख बढीले हेरे

LC (KTM) April 06, 2023 0

काठमाडौं – स्वप्न सुमनको गीत ‘जे छौं तिमी’लाई १० दिनमा ६० लाख भन्दा बढीले हेरेका छन् । लाखौं टिकटक भिडियो बनेको यो गीत धेरैले मन पराएका छन् । । युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ गीत ।

स्वप्न सुमनको शब्द रचना रहेको यो गीत उनले समीर श्रेष्ठसँग गाएका छन् । दुई चर्चित व्यक्ति स्वप्न सुमन र समीर श्रेष्ठलाई संगै सुन्न र देख्न सकिन्छ । भिडियोमा यी दुवै फिचर्ड छन् ।

नयन राईको निर्देशन एवं छायांकन रहेको भिडियोमा अशोक अधिकारीको भिएफएक्स एवं सम्पादन छ । स्वप्न सुमनको अफिसियल युट्युब च्यानलमा गीत सुन्न र हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर