हिन्दु धर्म अनुसार बैशाख महिनामा के के गर्नुपर्छ ? जानिराखौं — OSNepal

हिन्दु धर्म अनुसार बैशाख महिनामा के के गर्नुपर्छ ? जानिराखौं

LC (KTM) April 11, 2023 0

काठमाडौं । हिन्दू पात्रो अनुसार केही दिनमा नै नयाँ बर्ष अर्थात वैशाख महिना सुरू हुदैछ । यसै महिनामा रामको अवतारमा भगवान विष्णुको जन्म भएको जनविश्वास छ ।

ज्योतिषीहरुका अनुसार स्कन्द पुराणमा यो महिना निकै पवित्र र फलदायी मानिएको छ । यस महिनामा अक्षय तृतीया, बरुथिनी र मोहिनी एकादशी, प्रदोष व्रत, मासिक शिवरात्रि, वैशाख अमावस्या र वैशाख पूर्णिमा जस्ता धेरै व्रत र पर्वहरू पनि छन्।

आउनुहोस् जानौं यो महिना कहिले सुरु हुँदैछ र यस महिनामा के–कस्ता कामहरू गर्दा शुभ फल प्राप्त हुन्छ।

वैशाखमा के गर्ने ?

यस महिनामा भगवान विष्णुको माधव स्वरूपको पूजा गरी ऊँ माधवाय नमः मन्त्रको जप गर्नुहोस्। यसले जीवनमा सुख र समृद्धि ल्याउनेछ। विष्णुजीको पूजामा पञ्चामृत र तुलसी मिसाउनु पर्छ ।

यस महिनामा गीता वाचन गर्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ। वैशाख महिनामा कथा आदि आयोजना गर्नु शुभ र फलदायी हुन सक्छ। यस महिनामा पर्ने अमावस्याको दिन पनि महत्त्वपूर्ण छ।

अमावस्यामा पितृहरूलाई प्रसाद र पिण्डदान गर्नुहोस्। वैशाख अमावस्यामा शनिदेवको पूजा गर्नाले कुंडलीमा शनिदोष र पितृदोषको प्रभावलाई कम गर्न सकिन्छ ।

वैशाख महिनामा गर्मी उत्कर्षमा हुने भएकाले यस महिनामा पशुपक्षीलाई पानी र खाना खुवाउनु पवित्र मानिन्छ । जसका कारण पशु पन्छिहरु भोकै बस्दैनन् र भगवानको कृपा पनि प्राप्त हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर