आज ह्वात्तै बढ्यो सुनको मूल्य — OSNepal

आज ह्वात्तै बढ्यो सुनको मूल्य

LC (KTM) April 12, 2023 0

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ रहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर