बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने, वैशाख १ गतेबाट लागु हुने — OSNepal

बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने, वैशाख १ गतेबाट लागु हुने

LC (KTM) April 13, 2023 0

काठमाडौँ, १ वैशाख । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।

वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ । उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर