दुनियाकै सबैभन्दा गर्मी हुने ठाउँ, जहाँको हावामा आगो र जलेको गन्ध आउँछ — OSNepal

दुनियाकै सबैभन्दा गर्मी हुने ठाउँ, जहाँको हावामा आगो र जलेको गन्ध आउँछ

LC (KTM) April 21, 2023 0

काठमाडौं । संसारको सबै भन्दा तातो स्थान कस्तो होला भन्ने जिज्ञासा तपाईलाई छ ? यदी छ भने आज हामी तपाईको जिज्ञासा मेटाउँदै छौँ । यो अचम्मको स्थान अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्यालीमा पर्छ ।

कहिलै चिसो नहुने यो स्थानमा रातो रङ्गका चट्टान र ठाडो पहाड मात्रै छन् । इथियोपियाको डेनेकिल डिप्रेसनमा, तापक्रम वर्षभरि नै अत्यन्त तातो रहन्छ । डिसेम्बर-जनवरीमा, जब संसारका अधिकांश भागहरू चिसो हुन्छ, तब पनि यहाँको औसत तापक्रम ३५ डिग्री हुन्छ । निकै गर्मी भएकाले यहाँको हावामा आगो र जलेको गन्ध आउँछ।

यही कारणले गर्दा बाहिरी दुनियाँका मानिसहरू, आफूलाई खतराको खेलाडी भन्नेहरू पनि यहाँ हत्तपत्त जान रुचाउँदैनन् । अफार जनजातिहरु बस्ने यो अचम्मको स्थान समुद्र सतहबाट करिब १५० मिटर तल रहेको छ ।

जहाँ निकै कम पानी पर्छ । यहाँको जनसङ्ख्या पनि निकै कम छ । यहाँ घुमन्तेहरुको बढी बसोबास हुने गरेको छ । निकै गर्मी हुने भएकाले यहाँ नदी बग्दाबग्दै नुनको थुप्रो बन्छ । अत्यधिक गर्मी भएको दिनमा तालको पानी उम्लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर