सान फ्रान्सिस्कोमा आयोजना हुने शुक्रबार साँझमा धमाका मच्चाउँदै प्रकाश सपुत र हेमन्त शर्मा — OSNepal

सान फ्रान्सिस्कोमा आयोजना हुने शुक्रबार साँझमा धमाका मच्चाउँदै प्रकाश सपुत र हेमन्त शर्मा

LC (KTM) May 04, 2023 0

काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपुतको पछिल्लो प्रस्तुती फुलमाया अर्थात सकम्बरीले लोकप्रियता कमाइरहेका बेला उनी अमेरिकाका विभिन्न स्थानमा एक पछि अर्को कार्यक्रममा आफ्नो प्रस्तुती दिन व्यस्त छन् ।

यसैबिच गायक सपुतसहित लोकप्रिय गायक हेमन्त शर्मासहित आधा दर्जन बढी कलाकारहरुको सहभागीतामा सान फ्रान्सिस्को बे एरिया सान होजेमा शुक्रबार साँझको आयोजना हुने भएको छ ।

कार्यक्रममा गायकद्धय सुपुत र शर्माका अलावा गायिका मुना थापा, साजन बोहोरा, कृष्ण बुढाथोकी, डिजे एस बाबु, अर्जुन केसी, लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

यही मे ५ तारिखका दिन हुन गइरहेको कार्यक्रमका प्रस्तुतकर्ता हुन् राम श्रेष्ठ र पार्वती श्रेष्ठ । साँझ ८ बजेबाट संचालन हुने बताइएको कार्यक्रमको संयोजन प्रोजेक्ट म्यानेजमेन्ट एलएलसीले गरेको हो ।

कार्यक्रममा क्लासिक डायमण्ड एण्ड ज्वयलरीले चिट्ठा मार्फत १ जनालाई ५ सय डलर बराबरको नाकको बुलाकी दिने प्रोजेक्ट इन्टरटेनमेन्टका संचालक हरि ओझाले जानकारी दिए । संचालक ओझाका अनुसार कार्यक्रममा प्रवेश शुल्क ३० डलर तोकिएको छ । कार्यक्रमको टिकट लिन यो लिंकमा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर