शाहरुख खानको फिल्म जवानको टिजर सार्वजनिक , पठान जस्तै मच्चाउला त धुम ? — OSNepal

शाहरुख खानको फिल्म जवानको टिजर सार्वजनिक , पठान जस्तै मच्चाउला त धुम ?

LC (KTM) May 06, 2023 0

हिन्दी सिनेमाका मेगा सुपरस्टार शाहरुख खानको आगामी फिल्म ‘जवान’लाई लिएर सबै जना निकै उत्साहित छन् । ‘पठान’को अभूतपूर्व सफलतापछि फ्यानहरू शाहरुखलाई ठूलो पर्दामा हेर्न चाहन्छन् । हालै चलचित्र ‘जवान’ को रिलिज मिति परिवर्तन गरिएको छ । यसैबीच अब शाहरुखले ‘जवान’ को नयाँ रिलिज मिति घोषणा गरेका छन् ।

शाहरुख खान स्टारर फिल्म ‘जवान’ को टिजर गत वर्ष जुन २ मा रिलिज भएको थियो । जसमा घाइते किंग खानको अनुहारमा पट्टी लगाएको लुकले जताततै सनसनी मच्चाएको थियो । त्यसयता सबैजना शाहरुख खानको फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । तर, ‘जवान’ २ जुन २०२३ मा रिलिज हुन लागेको थियो । तर हालै ‘जवान’ को रिलिज मिति निर्माताले परिवर्तन गरेको छ ।

यसैबीच, शनिबार शाहरुख खानले ‘जवान’को नयाँ रिलिज मिति घोषणा गरेका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा, शाहरुख खानले जवानको पछिल्लो मोशन पोस्टर सेयर गर्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरे। किङ खानका अनुसार फिल्म ‘जवान’ अब २ जुनको सट्टा ७ सेप्टेम्बर २०२३ मा रिलिज हुनेछ ।

साथै ‘जवान’ को यो पछिल्लो पोस्टर निकै खतरनाक छ, जसलाई हेरेपछि फ्यानहरुको यो फिल्मप्रतिको उत्साह निकै बढ्नेछ । पोस्टरमा हातमा भाला र पूरै शरीर ममीजस्तै ढाकिएको देखिन्छ । जुन साँच्चै राम्रो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर