अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २७ औ बार्षिक सम्मेलनमा ३ लाख डलर भन्दा बढी सङ्कलन — OSNepal

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २७ औ बार्षिक सम्मेलनमा ३ लाख डलर भन्दा बढी सङ्कलन

LC (KTM) May 08, 2023 0

विजय थापा । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको शर्लोट्स शहरमा गत मे ५ -७ सम्म आयोजना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ )को २७ औ बार्षिक सम्मेलनमा ३ लाख डलर भन्दा ज्यादा सङ्कलन भएको छ ।

उक्त उठेको रकम नेपालको बिभिन्न स्वास्थ्य क्षेत्रमा अद्वितीय काम गर्ने आवश्यक पर्ने स्थान र संस्थालाई सहायता गरिने सँस्थाका अध्यक्ष चिकित्सक बिनोद खड्काले बताए । २७ बर्षको इतिहासमा पहिलो पटक सबै आरक्षित गरिएका कोठा(रुम)हरु पुरै भरिएको र ऐतिहासिक रुपमा यस सँस्थाका पदाधिकारी ,अतिथि,शुभचिन्तकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै सबै भन्दा ज्यादा कोष समेत सङ्कलन भएको छ ।

शार्लोट्स शहरमा आयोजना भएको कार्यक्रममा पदाधिकारी शुक्रबार देखि नै कार्यक्रम स्थल पुगेका थिए भने शुक्रबार देखि नै खेलकुद र केही मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो । बार्षिक सम्मेलनको मुख्य कार्यक्रम मे ६ शनिबारका दिन आयोजना गरिएको थियो ।

गत शनिबार समुद्घाटन कार्यक्रम सम्पन्न हुनुको साथै नेपालका राष्ट्रपति तथा अमेरिकाका लागि नेपाली राजदुतले शुभकामना सन्देश समेत पठाएका थिए । कार्यक्रमको लागि बेलायत ,नेपाल र अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता सहित बिशेष प्रस्तुतिको लागि चिकित्सकहरु सहित करिव ३ सय भन्दा ज्यादाको उपस्थिति रहेको थियो ।

सम्मेलनको मुख्य दोश्रो दिन थुप्रै चिकित्सा पेशाका बिशेषज्ञहरु ,बिदेशी पाहुनाहरुले समेत आफूले तयार गरेका विविध बिषयमा प्रस्तुति गरेका थिए । साथै सम्मेलनमा उदघाटन कार्यक्रम पश्च्यात बैज्ञानिक सत्र ,सिएमई सत्र ,बहस कार्यक्रम ,गाला डिनर (कोष वृद्धि रात्री भोजन )र अन्त्यमा सांगीतिक कार्यक्रम सहित २७ औ बार्षिक सम्मेलन अपार सफलताको साथ सम्पन्न भएको छ । बैज्ञानिक सत्रमा बिदेशीहरुले समेत प्रस्तुति गरेका थिए ।

एएनएमएफको मुख्य लक्ष्य भनेको नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने रहेकोले यस पटक टिकट बिक्री,सौजन्यता तथा डोनेसन(चन्दा )बाट कुल लगभग ३ लाख डलर भन्दा ज्यादा संकलन भएको छ । स्मरण रहोस ,संकलन पुरै नगद नभई शुभचिन्तक ,पदाधिकारी ,चिकित्सक पेशा तथा अन्य पेशामा रहेका व्यक्तिहरुले आफूले लिखित रुपमा रकम दान(डोनेसन) गर्छौ भनि प्रतिज्ञा (प्लेज)सहित थुप्रै जनाले चेक (धनादेश )सहित बिधुतिय रुपमा समेत रकम दिने घोषणा गरेका थिए ।

यो रकम सम्मेलन अवधि भित्र मात्र संकलन नभई केही समय अगाडी देखि नै संस्थालाई दान (डोनेसन )गर्ने सहितको प्रतिज्ञा(प्लेज) हो । साथै संस्थालाई सहयोग गर्ने बिदेशीहरु सहितलाई सम्मान गरिएको थियो ।

साथै २७ औ बार्षिक सम्मेलनले अहिलेको कार्यकारी समितिलाई थप १ बर्षको लागि डा बिनोद खड्का कै नेतृत्वलाई अनुमोदन गरेको छ । अर्थात् थप एक बर्षको लागि चिकिसक बिनोद खड्का नै अध्यक्ष रहने र उनकै कार्यकारी समितिले निरन्तरता पाएको छ । सम्मेलन समापन पछि सांगीतिक कार्यक्रम नर्थ क्यारोलाईना कै स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए ।

२७ औ सम्मेलनमको अध्यक्षता डा बिनोद खड्काले गरेका थिए भने आयोजक समितिले अहोरात्र खटिई अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को इतिहासमा २७ औ बार्षिक सम्मेलन सफलता हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर