पठान हिट भएपछि शाहरुख खानका दुई नयाँ फिल्म रिलिजको तयारीमा — OSNepal

पठान हिट भएपछि शाहरुख खानका दुई नयाँ फिल्म रिलिजको तयारीमा

LC (KTM) May 09, 2023 0

मुम्बई । पहिलो फिल्म पठान हिट भएपछि अभिनेता शाहरुख खान अहिले निकै उत्साहित छन् । यतिबेला उनी थप दुई नयाँ फिल्म रिलिजको तयारीमा छन् ।सलमान खानको नयाँ फिल्म किसीको भाइ किसीका जान हिट हुनेमा बलिउड विश्वस्त थियो । तर, यो फिल्मले सोचेअनुसारको व्यापार गर्न सकेन । यतिबेला सबै जना शाहरुखको फिल्मको पर्खाइमा छन् ।शाखरुखको नयाँ फिल्म जवान अब ७ सेप्टेम्बरबाट रिलिज हुने भएको छ । यो फिल्म यसअघि २ जुनमा रिलिज हुने बताइएको थियो । शाहरुखको फिल्म पठानले अत्याधिक राम्रो व्यापार गरेको र यो फिल्म हालै मात्र ओटीटी प्लेटफर्ममा रिलिज गरिएकाले जवानको रिलिज मिति तीन महिनापछि सार्नुपरेको निर्माण पक्षको कथन छ ।

निर्माण पक्षले नयाँ पोस्टर रिलिजसहित याति बेला यो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । जवान अब कृष्णजन्माष्टमीको अवसरमा थिएटरमा आउने भएको छ । यो फिल्म शाहरुखसँगै केही दक्षिण भारतीय कलाकार छन् । जसमा नयनतारा, विजय सेथुपाती, सान्य मल्होत्रा, प्रियामनी, योगीबाबु, सुनिल ग्रोभरलगायतको मुख्य भूमिका छ । यो फिल्मलाई शाहरुख खानकै कम्पनीबाट निर्माण गरिएको हो । एटली कुमारले यो फिल्मको निर्देशन गरेका हुन् ।

शाहरुखकै अर्को फिल्म ‘डँकी’ पनि यसै वर्ष रिलिज हुने भएको छ । यो फिल्म डिसेम्बरको अन्तिम साता रिलिज हुने भएको छ । फिल्मलाई आगामी क्रिसमसको अवसर पारेर विश्वव्यापी रिलिज गर्ने तयारी भइरहेको अभिनेता शाहरुखले बताएका छन् । डँकी २२ डिसेम्बरमा रिलिज तय भएको छ ।राजकुमार हिरानीको निर्देशनमा तयार भइरहेको फिल्म डँकीलाई पनि शाहरुखकै कम्पनीले निर्माण गरेको छ । यो फिल्ममा शाहरुखसँगै तापसी पन्नु, जिर्मी ह्वीलर, विक्की कौशल, शतिस शाह, वोमन इरानी, शाह इम्तियारसहितको मुख्य भूमिका रहेको छ ।राजधानि दैनिकमा खबर छ ।

फिल्म जवान रिलिजको लगत्तै शाहरुखले अर्को फिल्म डँकीको प्रचारमा जुट्नुपर्ने भएको छ । विगत पाँच वर्षदेखि पर्दामा नआएका शाहरुख यो वर्ष फिल्म पठानबाट यति धेरै जम्किएकी यो फिल्मले व्यापारमा थुप्रै रेकर्ड बनायो । पठान हिट भएको एक वर्षभित्र उनको यी दुई सिनेमा पनि दर्शकमाझ आउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर