दार्चुलामा चटयाङ लागेर चार दिनदेखि अलपत्र तीन जना घाइतेको आज पनि उद्दार प्रयास हुदैँ — OSNepal

दार्चुलामा चटयाङ लागेर चार दिनदेखि अलपत्र तीन जना घाइतेको आज पनि उद्दार प्रयास हुदैँ

LC (KTM) May 16, 2023 0

दार्चुला, २ जेठ । मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरुलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिवार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलवार बिहान पुनः प्रयास गरिन लागिएको हो  ।

सो चटयाङवाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई आज फेरी उद्धारको प्रयास गरिने  प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलवार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौं’ उनले भने ।

सो चटयाङमा परेर दुहुँ गाउँपालिका(१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका( २ हिकिलाका १८ वर्षीय महेश बडाल माथी चटयाङ परे पछि तीनै जना घाइते भएका थिए ।

व्यास गाउँपालिका(२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमवारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुरयाइएको छ तर उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेको छैन् । हिजो मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरुलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर