बिहिबारका दिन झुक्किएर पनि यस्ता कार्य नगर्नुस — OSNepal

बिहिबारका दिन झुक्किएर पनि यस्ता कार्य नगर्नुस

LC (KTM) May 18, 2023 0

शास्त्रीय मान्यता अनुसार बिहिबार बृहस्पतिको पुजा गर्ने चलन रहेको छ । बृहस्पतिको पुजा आरधना गर्नाले पारिवारिक सुख, शिक्षा, ज्ञान र धन प्राप्त हुने बिश्वास रहेको छ । तर ज्योतिषशास्त्रले भने बिहिबारको दिन निम्न कार्य गर्नका लागि बर्जित गरेको छ । आज हामी त्यसैका बारेमा तपाईलाई जानकारी दिदैछौ । धार्मिक दृष्टिकोणले बिहिबार गरेको कार्यको फल तत्काल मिल्ने बताए पनि बृहस्पति ग्रहको अनुकुलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन बर्जित गरिएको छ ।

बिहिबारको दिन कपाल नुहाउन नहु्ने मान्यता रहि आएको छ । त्यस्तै रौ काट्नु हुदैन,दारी काट्ने वा नङ काट्ने गर्नु हुदैन भन्ने बिश्वास रहि आएको छ । बिहिबारका दिन भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन । त्यस्तै गरि लक्ष्मीको मात्र पुजा पनि बिहिबार गर्नु राम्रो मानिदैन। बिहिबारका दिन खासगरी महिलाहरुले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ।महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ। बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ।

बिहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ। वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ। बिहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ। यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ। बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस्। त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर