अस्ट्रेलिया को सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न — OSNepal

अस्ट्रेलिया को सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न

LC (KTM) June 25, 2023 0

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको टास्क फोर्स, विद्यार्थी सहयोग कमिटीको आयोजनामा शनिबार सिड्नीमा एकदिने ध्यान, योग र प्रेरणा शिविर सम्पन्न भएको छ । सफल जीवन यापन गर्नका लागि शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् , आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने शिविरको मुख्य संदेश रहेको छ । सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो । ब्यस्त र बदलिँदो जीवनशैलीका कारण मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने योग प्रशिक्षक आचार्य राजन शर्माले बताए । उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्नेमा जोड दिए ।

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउन सक्ने व्यक्ति नै सफल हुने उनको भनाई थियो ।त्यस्तै, प्रेरणादायी ध्यानका विषयमा प्रशिक्षण दिदै ध्यानका बहुआयामिक फाइदाका विषयमा ध्यान प्रशिक्षक प्रकाश भट्टराईले चर्चा गरेका थिए । सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कदै गएकाले अध्ययन र कामसँगै बढ्ने मानसिक तनाब कम गर्ने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्रीबरुवालले जानकारी दिए । निकै उत्साहजनक सहभागिता थियो, हामीले नियमित योगसाधानको सम्भावना देखेका छौ,‘घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको छ’ उप- संयोजक चिरन्जिबी तिवारीले बताए ।

प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको उक्त शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ लगाएत विभिन्न समुदायका अगुवाहरु सहित १ सय भन्दा बढी व्यक्तित्वहरुको सहभागिता थियो ।कार्यक्रममा उल्लेखनीय उपस्थिति देखेर हामी हर्षित भएका छौ तसर्थ छिट्टै फेरी अजै बृहत ध्यान, योग र प्रेरणा सिबिर गर्छौ- सचिब अमृत शर्मा ले बताए। साथै कार्येक्रम सफल बनाउन सहयोग गर्नु हुने सबै व्यक्तित्त्वहरु र संघ सस्थाहरुलाई सचिब शर्माले धन्यवाद र प्रशंसा पत्र प्रधान गर्दै कार्येक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर