कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लू बीच भेटवार्ता, यस्तो भयो कुराकानी — OSNepal

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लू बीच भेटवार्ता, यस्तो भयो कुराकानी

LC (KTM) July 14, 2023 0

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू र पाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । देउवाले ट्वीट मार्फत आफुहरु बिच रचनात्मक छलफल भएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको र भेटमा नेपाल(अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको बताए ।

भेटपछि देउवाले ट्वीट गरेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’ लू दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर