राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित — OSNepal

राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

LC (KTM) May 15, 2021 0

काठमाडौँ १ जेठ । कोरोना महामारीले गर्दा राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । आज शनिबार राप्रपाका अध्यक्षत्रय सहित बसेको बैठकले अगामी जेठ २२ देखि २५ गते सम्म काठमाडौंमा हुन लागेको पार्टीको महाधिवेशन स्थिगित गर्ने निणर्य गरेको हो ।

आज शनिबार उक विज्ञप्ती मार्फत महाशिवेशन स्थिगित गरिएको जानकारी गरिएको हो । पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तीमा कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई सो पार्टीले यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको उल्लेख गरिएको छ ।

बैठकमा कोरोनाको यो महामारीमा सरकारले अन्तराष्ट्रिय सहयोग जुटाउन आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर