सूर्यबाट मत लिएर रुखलाई सघाउने, पार्टी विरोधी काम गरेका नेपाललाई अब एमालेमासँगै हिडाउन सकिँदैन :बाँस्कोटा — OSNepal

सूर्यबाट मत लिएर रुखलाई सघाउने, पार्टी विरोधी काम गरेका नेपाललाई अब एमालेमासँगै हिडाउन सकिँदैन :बाँस्कोटा

LC (KTM) July 20, 2021 0

काठमाडौँ ५ साउन । नेकपा एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता माधव कुमार नेपाल एमालेको सम्मानजनक स्थानबाट स्खलित भसकेको बताएका छन् । नेपाललाई जनताको तहबाट कारवाही समेत भइसकेको खुलासा गरेका बाँस्कोटाले नेता नेपालले जनताको मत उल्लंघन गरेर सूर्यबाट मत लिएर रुखलाई सघाउने, पार्टीविरोधी काम गरेको आरोप लगाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

बाँस्कोटाले आज बिहान एक कार्यक्रमा नेता नेपालको टिप्पणी गरेका हुन् । कार्यक्रममा अब नेपाललाई एमालेमा सँगै हिडाउन नसकिने समेत खुलासा गरेका छन् । ‘एमालेलाई जिताउँदा माधव नेपाल हार्नुहुन्छ, माधव नेपाललाई जिताउँदा एमाले हार्छ । अब उहाँको हकमा अब पर्खिने सम्पूर्ण सिमारेखाहरु समाप्त भए । कसैलाई चित्त दुख्ला, उहाँको पछि पनि लाग्लान्, त्यसमा हामीलाई आपत्ति पनि भएन् ।’ उनले भने ।

पार्टी विरोधी काम गर्ने अगुवाईमा नेपाल छन्, उनको एउटा सानो झुण्ड समुह छ , कार्यक्रमा उनले भनेका छन्, ‘उहाँले नेतृत्व गरेको एउटा सानो विरोधी झुण्ड छ भन्ने कुरा सबैलाई थाहा छ, त्यसो भएको हुनाले उहाँले जनताको मन मनबाट, कार्यकर्ताको मन मनबाट उहाँ आँफै हिजो त्यत्रो समय पार्टीको नेतृत्व गरेको नेताले आज व्यक्तिगत राजनीतिक ईस्यु र एजेण्डा सकिएपछि व्यक्तिमा कुण्ठाको स्तर कुन तहले विकसित हुँदो रहेछ, त्यो बदला भावमा कसरी प्रकट हुँदो रहेछ भन्ने कुराको एउटा नमूना उहाँले देखाउनुभयो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर