एनआरएन अष्ट्रेलियाको निर्वाचनमामा युवा अभियन्ता रञ्जितराज वन्तको प्रभाव बढ्दो — OSNepal

एनआरएन अष्ट्रेलियाको निर्वाचनमामा युवा अभियन्ता रञ्जितराज वन्तको प्रभाव बढ्दो

LC (KTM) July 28, 2023 0

अष्ट्रेलियामा रहेर विभिन्न व्यापार तथा सामाजिक कार्यमा संलग्न युवा अभियन्ता रञ्जितराज वन्त सकृय एनआरएन राजनीतिमा होमिएका छन् । शनिबार अष्ट्रेलियामा हुन गइरहेको एनआरएन अष्ट्रेलियाको निर्वाचनमा वन्त यतिबेला राष्ट्रिय युवा संयोजकको उम्मेदवारको रूपमा मत माग्नमा व्यस्त छन् ।

उक्त पदको लागि वन्त बलियो प्रतिद्वन्द्वी हुन् । विधार्थीदेखि विजनेस भिषाहुँदै अष्ट्रेलिया पुग्ने सबै नेपालीहरूको लागि हरेक प्रकारका सहयोग र सहकार्यको लागि मरिमेट्ने वन्त आफ्नो उम्मेदवारीले एनआरएन अष्ट्रेलियामा छुट्टै सञ्चार गराएको बताउँछन् ।

पछिल्लो समय उनि नेपाली फिल्मको वजार विस्तारको लागि पनि सकृय छन् । हालै उनले पछिल्लो रिलिज सामाजिक कथाको फिल्म ‘प्रसाद २’ को अष्ट्रेलियामा वक्स अफिस रिलिज गराएर नेपाली फिल्मको प्रवर्धनमा अर्को सफलता दिएका थिए । यसअघि उनले ‘सेल्फी किङ’, प्रकाश’ लगायतका फिल्मको पनि वैदेशिक बजार प्रवर्धन गरिसकेका छन् ।

व्यवसायी र र सामाजिक अभियन्ताको रूपमा परिचित वन्तको उम्मेदवारीलाई लिएर यतिबेला अष्ट्रेलियामा सही व्यक्ति सहि पदको रूपमा चित्रण गरिएको छ । पदमा रहँदा पनि र नरहँदा पनि सामाजिक अभियानमा लामो समयदेखी लागि पर्दै आएका वन्तको उपस्थिति र सामाजिक अभियानलाई अष्ट्रेलियामा रहने नेपालीहरूबाट उच्चतम साथ र समर्थन मिलिरहेको निकटस्थ बताउँछन् ।

वन्तले आफूले गर्ने काम र उद्देश्यमा एक लाख डलरको युवा कोष खडा गर्ने योजना अगाडि सारेका छन् । यसरी जम्मा गरिएको डलरबाट व्यापारको प्रकृति हेरेर दुईदेखी पाँचहजार डलरसम्म सहयोग उपलब्ध गराईने उनको योजनामा उल्लेछ छ । उनको यो सोच र योजनाले मतदाताहरू माझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।

भद्र र शालिन स्वभावका वन्तको राष्ट्रिय युवा संयोजकको उम्मेदवारीलाई नै भोलीको एनआरएनको केन्द्रीय राजनीतिमा प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर