भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार - स्वास्थ्यमन्त्री बस्नेत — OSNepal

भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार – स्वास्थ्यमन्त्री बस्नेत

LC (KTM) July 30, 2023 0

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताउनुभएको छ ।

शनिबार दक्षिणकाली नगरपालीका वडा नंवर १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भिभिआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताउनुभएको हो ।

उहाले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पार्नुभयो । आफु मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र वेवारिस नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको उहाले बताउनुभयो । मन्त्री बस्नेतले अव कुनै पनि गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राख्नुभयो ।
त्यस्तै उहाले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाले अस्पतालको भौतिक संरचनाको पनि निरिक्षण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर