तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्यो कि नयाँ दल बन्नुपर्यो — OSNepal

तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्यो कि नयाँ दल बन्नुपर्यो

LC (KTM) July 20, 2021 0

काठमाडौं ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले तत्काल सरकारमा नजाने निणर्य गरेको छ । नेपाल समुहले आफ्नो प्राविधिक कारणले अहिले सरकारमा नजाने निणर्य गरेको हो ।

गठबन्धन दलको सहयोगमा प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवा भने ठबन्धनमा सामेल गरी मन्त्रिमण्डल गठन गर्ने तगारीमा लागेका छन् । नेपाल निकट नेता डा. विजय पौडेलले भने,’तत्काल सरकारमा जान कि एमालेले सिफारिस गर्नुपर्यो कि नयाँ दल बन्नुपर्यो । अहिले त्यो कुनै सम्भावना छैन’ ।

उनले प्रधानमन्त्री देउवाले काँग्रेस माओवादी र जसपाको उपेन्द्र पक्षलाई समेटेर क्याबिनेट सविस्तार गर्न सक्ने बताएका छन् । आज मात्रै नेपाल र प्रचण्ड र उपेन्द्र यादव वित्र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको थियो ।

नेपाललाई सबै नेताहरुले भने सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर