राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा — OSNepal

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

LC (KTM) August 01, 2023 0

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गर्नुभएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले राससलाई जानकारी दिनुभयो ।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर