कार्यकारिणी समिति बैठक डाकिएको छैनः महन्थ ठाकुर — OSNepal

कार्यकारिणी समिति बैठक डाकिएको छैनः महन्थ ठाकुर

LC (KTM) May 15, 2021 0

काठमाडौँ, १ जेठ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताउनुभएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पार्नुभएको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर