दशैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि — OSNepal

दशैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

LC (KTM) October 07, 2023 0

काठमाडौँ, २० असोज : दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो ।

व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर