नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय — OSNepal

नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय

LC (KTM) October 16, 2023 0

काठमाडौं । नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय भएको छ । यो फिल्मलाई यसै वर्षको माघ २६ मा रिलिज गर्ने घोषणा गरिएको छ ।

यस अघि यो फिल्मलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो । तर रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ रिलिज गर्ने भएपछि उपहारको प्रदर्शन मिति अघि सारिएको हो ।

रेखाको उपहार अब फिल्म ‘हात्तीछाप’सँग भिड्ने भएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ले यस अघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरि सकेको थियो ।सौर्य दैनिकमा खबर छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘उपहार’ले ३ महिला पात्रको कथालाई प्रस्तुत गर्ने छ । फिल्ममा रेखा थापा, पूजा शर्मा र बेशिना हमाल शिर्ष भूमिकामा देखिने छन् । मुकुन भुषाल, तेज गिरी र समर्पण थापाले यी तीन नायिकालाई साथ दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर