टी ट्वाटी क्रिकेट: नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै — OSNepal

टी ट्वाटी क्रिकेट: नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

LC (KTM) October 27, 2023 0

काठमाडौँ, १० कात्तिक ः त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको फाइनल खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भएको टसमा युएईका कप्तान मुहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै अब नेपाललले पहिला ब्याटिङ गर्ने भएको छ । नेपाल युएईमाथि ह्याट्रिक जित निकाल्ने दाउका साथ मैदानमा उत्रँदैछ । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो । नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर