ओलीका मतियार महन्थ ठाकुर संसद विघटन हुनुमा ओलीभन्दा बढी जिम्मेवार छन् :महेन्द्र राय यादव — OSNepal

ओलीका मतियार महन्थ ठाकुर संसद विघटन हुनुमा ओलीभन्दा बढी जिम्मेवार छन् :महेन्द्र राय यादव

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । जनता समाजवादी पार्टी नेपाल जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेका अध्यक्ष केपी ओली भन्दा ठुलो प्रतिगमनकारी भएको आरोप लगाएका छन् । एक कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा यादवले प्रतिगमनकारी ओलीको साथ दिएर प्रतिगमनकारी बनेको आरोप लगाएका हुन् ।

पछिल्लो समय ठाकुरको साथ छोडेर उपेन्द्र यादवतिर लागेका महेन्द्र यादवले भनेका छन्, ‘उहाँहरु केपी ओलीको मतियार बन्नुभयो । संसद विघटनमा ओलीभन्दा बढी जिम्मेवार उहाँ (महन्थ ठाकुरहरु) हरु हुनुहुन्छ । यदि उहाँहरुले नचाहेको भए संसद विघटन हुँदैनथ्यो’ ।

केपी ओलीले महन्थ ठाकुरहरुको साथ पाएर संसद विघटन गर्ने प्रतिगामी कदम चाल्नु भएको हो । उहाँहरु ओलीभन्दा बढी प्रतिगामी हुनुहुन्छ ।संसद विघटनको कलंक महन्थ ठाकुरको टाउको भएकालेले उनीहरुलाई साथ लिएर अगाडी बढ्न नसकिने महेन्द्र यादवले बताएका छन् ।

अग्रगमनको धार र प्रतिगमनको धार कहिल्यै नमिल्लने उनको तर्क रहेको छ । अन्र्तवार्तामा उनले मधेष समाप्त हुन्छ भनेर आफुहरु बाध्य भएर पार्टीको आधिकारिकताका लागि असार ५ गते निर्वाचन आयोगमा निवेदन दिन पुगेको बताउँदै भने, ‘केही नेताहरुको कारण पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउन समस्या भएको कारण पार्टीको आधिकारिकता दिनका लागि हामीले आग्रह गरेका छौं । हामीले आधिकारिकताका लागि निवेदन दिएपछि उहाँहरुले पनि कार्यकारिणी समिति हेरफेर गरेर बहुमत आफु्हरुसँग रहेको दाबी गर्नुभयो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर