बागमती प्रदेश : निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव — OSNepal

बागमती प्रदेश : निर्वाचनबाट नेतृत्व चयन गर्न सुझाव

LC (KTM) December 04, 2023 0

हेटौँडा – बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म पाँचवटा संसदीय समितिहरुको नेतृत्व चयनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच विवाद रहेको अवस्थामा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा आइतबार भएको बैठकमा प्रदेशसभाअन्तर्गतका पाँचवटा संसदीय समितिको नेतृत्व सर्वसम्मतिबाट गर्न सुझाएको छ ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, हाम्रो नेपाल पार्टीका प्रमुख सचेतक र संसदीय दलका उपनेताको सहभागिता थियो । नेपाल मजदुर किसान पार्टीले भने बैठक बहिष्कार गरेको थियो ।

बैठकले प्रदेशसभाअन्तर्गतका पाँच संसदीय समितिहरुको नेतृत्व चयन निर्वाचनबाट गर्न राजनैतिक दलहरूबीच सहमति कायम गर्ने र यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाउन सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर