आज कालो अंगुर प्रतिकेजी ३२० रुपैपाँ — OSNepal

आज कालो अंगुर प्रतिकेजी ३२० रुपैपाँ

LC (KTM) January 02, 2024 0

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ किवी ३०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३५ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै, मंगलबार सखरखण्ड ६० रुख कटहरर ११० रुपैयाँ तोकिएको छ।यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो २५ रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ। यता, चमसूर र पालूगो साग ९० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, मेथी, जिरी, सौफको साग ९० रुपैयाँमा खरिदबिबक्री भइरहेको छ।

तरार्इ परवर १०० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, पुदीना ३२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ। यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँमा किनबेच भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर