मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन — OSNepal

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

LC (KTM) January 03, 2024 0

काठमाडौं। आज पुस १८ गते बुधबार मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको हो।

जसअनुसार ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% गरि उक्त नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर