माधव नेपाल समूह सरकारमा सहभागी हुनुहुन्छ : प्रचण्ड — OSNepal

माधव नेपाल समूह सरकारमा सहभागी हुनुहुन्छ : प्रचण्ड

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने जनाएका छन् ।

आज मंगलबार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा प्रचण्डले नेपाल सरकारमा सहभागी हुने बताएका बुझिएको छ । बैठकमा सहभागी एक नेता दिएको जानकारी अनुसार प्रचण्डले बैठकमा नेपाल सरकारमा सहभागी हुनुहुन्छ , भोली बिहान ८ बजे गठवन्धनको बैठक समेत बस्ने भएको ब्रिफिङ’ गरेको जनाएका छन् ।

सरकारमा सहभागी गराउन आज बिहान मात्र पनि प्रचण्ड नेपाल निवास पुगेका थिए । भेटमा भएको विषयलाई स्पष्ट पारिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर