प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले थाले छलफल — OSNepal

प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले थाले छलफल

LC (KTM) July 27, 2021 0

विराटनगर, साउन १२ । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ ।

प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिनु भएको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नु भएको हो । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर