बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’ — OSNepal

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

LC (KTM) January 16, 2024 0

लुम्बिनी- बुटवलमा आधुनिक सडकका रुपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युत्को मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ । यतिमात्र होइन सडकको मुख्य भागमा रहेका ठूलाठूला पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुख्य सडकको बीच भागमा रहेको समस्यालाई समाधान गर्न मुख्य प्रसारण लाइनमा चारखुट्टे विद्युतीय खम्बा हटाएर मोनोपोल (सिङ्गलपोल) राख्ने काम गरेको छ । मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युत्को प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिडका प्रमुख सुरज गौतमले जानकारी दिनुभयो ।

बुटवल ग्रिड प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक आकर्षक देखिने बताउनुभयो । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्नेगरी सम्पन्न गरिने उहाँले बताउनुभयो ।

अहिलेको प्रसारण लाइनको खम्बाले सडकको धेरै भाग ओगटेकाले देख्दा भद्दा र दुर्घटनाको जोखिम बढेकाले मोनोपोल राख्न लागिएको उहाँले बताउनुभयो । । यो खम्बा राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इञ्जिनियरका सूर्यप्रसाद पाण्डेकाअनुसार हाल रहेका चार वटा विद्युतीय खम्बा हटाउने काम सुरु भएको छ । प्राधिकरणका इञ्जिनियर पाण्डेका अनुसार मुख्य प्रसारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो । काठमाडाँैमा मोनोपोल राखिए पनि मुख्य प्रसारणमा नभई सहायक प्रसारण लाइनमा रहेको छ । अहिलेको खम्बाभन्दा उचाइमा पनि बढी हुने र सडक क्षेत्रमा कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर