मार्च ९ मा एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै — OSNepal

मार्च ९ मा एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै

LC (KTM) January 16, 2024 0

काठमाडौं- नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरले आउदो मार्च ९ मा शनिबार ५ बजे अन्तर्राष्ट्रिय महिला दिवस मनाउने भएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च ९, २०२४ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी गरिएको एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष लक्ष्मी खरेलले जानकारी दिइन् ।

खरेलले उत्तरी क्यालिर्फोनिया बासी बुवा, आमा, दाजुभाई, दिदिबहिनी लगायत सम्पूर्णलाई उक्त कार्यक्रममा सहभागी भइदिनका लागी हार्दिक आनुरोध समेत गरेकी छन् ।

अध्यक्ष खरेलले जारी गरेको सुचनामा भनिएको छ एनडब्लुजीएन क्यालिफोर्निया च्याप्टरले हरेक बर्ष जस्तै यो बर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेको हुँदा उक्त कार्यक्रममा नर्दन क्यालिफोर्निया बासी बुवा, आमा, दाजुभाई, दिदिबहिनी लगायात् सम्पूर्ण लाई स-परिवार पाल्नु हुन अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर