भारी बर्षापछि आएको बाढीमा परी ६ जनाको मृत्यु, कैयौ घर डुबानमा — OSNepal

भारी बर्षापछि आएको बाढीमा परी ६ जनाको मृत्यु, कैयौ घर डुबानमा

LC (KTM) July 28, 2021 0

एजेन्सी- बंगलादेशमा आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बताइएको छ । भारी बर्षापछि आएको बाढीका कारण दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बढी प्रभावित भएको बताइएको छ ।

सयौ घर डुबनामा परेका छन् । बिगत केही दिनदेखिको लगातारको वर्षाका कारण अझै क्षति पुग्ने भन्दै सचेत रहन प्रभावितहरु क्षेत्रका बासीन्दाहरुलाई सचेत तुल्याईएको छ ।

म्यानमारमा सेनाको ज्यादती पछी करिब साढे सात लाख रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका थिए । बाढीका कारण उनै रोहिंग्या शिविरहरु बढी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर