संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी — OSNepal

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

LC (KTM) January 23, 2024 0

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराउनुभएको छ ।

आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर