दयाहाङ र मिरुनाको ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोर जाने — OSNepal

दयाहाङ र मिरुनाको ‘घरज्वाईं’ फागुन १ गतेबाट फ्लोर जाने

LC (KTM) February 08, 2024 0

लोकप्रिय अभिनेता दयाहाङ राइ र नायिका मिरुना मगरको अभिनय रहने फिल्म घर ज्वाईको फागुन १ गतेबाट छायांकन सुरु गरिने भउको छ । चलचित्र ‘घरज्वाईं’ का निर्माता जनक घर्ती मगरका अनुसार फागुन १ गतेबाट चलचित्रको छायाँकन पूर्वी रुकुम र तकसेरामा गरिनेछ ।

सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।

चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्। निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। फिरोज खड्का सहायक निर्देशन रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्। फिल्म घर ज्वाइको प्रदशन मिति आगामी वर्षको असार २८ गते तय गरिPको निर्माता जनक घर्ती मगर बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर