पुर्णिमा लामा र देव राजको संयुक्त आवाजमा तिमी र म — OSNepal

पुर्णिमा लामा र देव राजको संयुक्त आवाजमा तिमी र म

LC (KTM) February 10, 2024 0

चर्चित गायिका पुर्णिमा लामा र देव राज आचार्य को संयुक्त आवाजमा निक्कै नै मीठो आधुनिक गीति एल्बम “तिमी र म ” भर्खरै मात्र सार्वजनिक भएको छ । छोटो समयमै नेपाली गीत संगीत क्षेत्रमा सर्वाधिक चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पुर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रको एक दरिलो खम्बा हुन ।

झन्डै चार पाँच सय गीतमा आवाज भरी सकेका गायिका लामा र उदाउदै गरेको बहुप्रतिभाशाली कलाकार देवराज आचार्य को संयुक्त आवाजमा हालै मात्र “तिमी र म” बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो ।

युनिक मिडिया युटुब च्यानल बाट सार्वजनिक गरिएको उक्त आधुनिक गिती एल्बममा वरिष्ठ संगीतकार शक्ति वल्लव को संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ भने संगीत संयोजन राकेस सोनिले गरेका हुन ।

स्वयम गायक देव राज आचार्य , मिना सुवेदी, गंगा देवि ढुंगाना को उत्कृष्ट अभिनय रहेको उक्त गीति एल्बमको छयंकन रेशम दर्लामिले गरेका हुन भने दृश्य सम्पादन पदम सुबेदिले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर