ताप्लेजुङको फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना — OSNepal

ताप्लेजुङको फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

LC (KTM) March 16, 2024 0

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ । गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्नुभएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी उद्घाटन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर